अत्तरिया- कैलालीको गोदावरीबाट साढे २ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । गोदावरी नगरपालिका वडा नं. ५ मनहराबाट भन्सार छलिका सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।
बेवारिस अवस्थामा फेला परेका २ लाख ५१ हजार ७ सय बराबरका सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको हेडक्वाटरले जानकारी दिएको छ ।

