एकीकृत समाजवादी पार्टी डोटीले गर्‍यो उम्मेदवार सिफारिस

डोटी- आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागी एकीकृत समाजवादी पार्टी डोटीले उम्मेदवार सिफारिस गरेको छ । पार्टी कार्यालय सिलगढीमा बसेको नेकपा एकीकृत समाजवादी पार्टी डोटीको सचिवालयको बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको निणर्य गरी प्रदेश कमटीलाई सिफारिस गरेको हो ।

सिफारिस हुनेहरूमा निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले संघमा प्रत्यक्ष तर्फ निर्वाचनमा भाग लिने छन् । त्यसैगरी संघमा समानुपातिक तर्फ सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री पूणर् जोशी, ऐश्वर्या भण्डारी विष्ट, महादेव भारती, डम्मरु देव भट्ट रहेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यसैगरी प्रदेश क का लागि प्रत्यक्ष तर्फ पार्टीका प्रदेश अध्यक्ष हर्क बहादुर सिंह र पार्टीका डोटी जिल्ला अध्यक्ष दीर्घ राज बोगटी सिफारी भएका छन् ।

प्रदेश क समानुपातिक तर्फ शिवराज खड्का, सिता रायमाझी, गोरख सार्की, धन बहादुर नेपाली, खगेन्द्र नेपाली सिफारिस भएका छन् । डोटीको प्रदेश ख प्रत्यक्ष तर्फ प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री पूणर् जोशी र समानुपातिक तर्फ यज्ञराज जोशी, ताप सिंह कलेल, मेघराज भट्ट र नेत्र शाही सिफारिस भएका छन् ।

सिफारी भएका उम्मेदवारको सुची आफ्नो राय सहित पार्टीको प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई पठाउने छ र केन्द्रीय कमिटीले भदौ २० गते भित्र उम्मेदवारको छनोट गरी सक्ने एकीकृत समाजवादी पार्टी डोटीका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिए ।

Loading...