
अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ गोदावरी धाममा आदर्श नेपाल सुधार केन्द्र सञ्चालनमा आएको छ । कुलतमा फसेका युवाहरुलाई सुधार केन्द्रले आश्रय तथा सुधार गर्ने जनाएको छ ।



सुधार केन्द्रले कुलतबाट युवालाई छुटकाराका लागि प्रयत्न गर्ने सञ्चालक चेतराज पुरीले बताए । कैलालीमा लागुऔषध प्रयोगकर्ताका कारण परिवार तथा समाजले हैरानी पाएकाले सुधार केन्द्र सञ्चालनमा ल्याएको पुरीले बताए । सुधार केन्द्रमा लागुऔषध तथा मादक पदार्थको लत लागेका युवाहरुलाई राखिने छ ।




