विद्युतीय स्कुटर, मोटरसाइकल १५ दिनभित्र दर्ता गरेर प्रयोग गर्न कैलाली ट्राफिकको आग्रह

धनगढी- जिल्ला ट्राफिक प्रहरी कैलालीले विद्युतीय स्कुटर तथा मोटरसाइकल दर्ता गरेर प्रयोग गर्न आग्रह गरेको छ । धनगढी लगायत कैलालीमा विद्युतिय स्कुटर तथा मोटरसाइकलमा नम्बर प्लेट नराखेरै सञ्चालन गर्ने र दुर्घटना भई भाग्न सक्ने भन्दै यस्तो आग्रह गरिएको हो ।

प्रहरीका अनुसार यसबारे ट्राफिक कार्यालयमा जनगुनासो आएपछि सूचना नै निकालेर ईलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल बिक्रि वितरण गर्ने सोरुम तथा खरिदकर्तालाई दर्ता गर्न भनिएको छ । सुचना जारी भएको १५ दिनभित्र सम्बन्धित यातायात व्यवस्था कार्यलयमा दर्ता गर्न भनिएको हो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...