
बाजुरा- बाजुरामा राति १० बजेपछि नाचगान गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले सूचना जारी गर्दै तीजका अवसरमा हुने नाचगान लगायतका विभिन्न साँस्कृतिक कार्यक्रमहरु राति १० बजेपछि नगर्न भनिएको छ ।



जिल्ला सुरक्षा समितिको १० गते बसेको बैठकको निणर्य अनुसार राति १० बजेपछि नाचगान गर्न नपाइने र जिल्लास्थित मदिरा कारोबार गर्ने इजाजत प्राप्त सम्पूणर् व्यवसायीहरुले राति ९ बजेपछि मदिरा विक्रि वितरण नगर्न सूचनामा भनिएको छ । प्रचलित कानुन र निणर्य विपरीत कार्य गरेको पाइए कारबाही गरिने समेत उक्त सूचनामा उल्लेख गरिएको छ ।

