प्रदेशभर १४ हजार ८ सय ४४ जना संक्रमितले जिते कोरोना

धनगढी, २७ बैशाख– सोमबार सुदूरपश्चिम प्रदेशमा ७९ जना कोरोना संक्रमितले कोरोना परास्त गरेर घर फर्किएका छन्। प्रदेशका विभिन्न अस्पतालहरुबाट उनीहरु निको भइ घर फर्किएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ८५ हजार ३ सय ६८ नमूना परीक्षण गर्दा २४ हजार ८ सय ७२ जनामा संक्रमण फेला परेको छ। प्रदेशभर संक्रमण पुस्टि भएका १४ हजार ८ सय ४४ जनाले कोरोना जितेका छन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...