धनगढीका २ युवक लागुऔषधसहित कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर– धनगढीका २ युवक लागुऔषधसहित कञ्चनपुरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले २ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

Dadeldhura hospital

बेलौरी नगरपालिका ६ प्रेमनगरमा भारतबाट नेपाल तर्फ आउँदै गरेको से ३ प ५६६६ नम्बरको मोटरसाइकल चालकक धनगढी उपमहानगरपालिका वडा नम्बर १ पुष्पलाल चोक बस्ने ३२ वर्षीय हरीश खड्का र धनगढी ८ बस्ने २७ वर्षीय बिवेक बराललाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

Navadurga sun
Godawari sandesh

चेकजाँच गर्दा उनीहरुको साथबाट २.७८ ग्राम खैरो हेरोईन फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Loading...