अत्तरिया, ११ भदौ- नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कैलालीले तिज विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
शनीबार अत्तरियाको पतन्जली योग समितिको हलमा “सम्पूणर् श्रमजीवी एकजुट होऔं” भन्ने मुल नाराका साथ संगठनको महिला विभागले तिज विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

त्यस्तैगरी तिजको अवसरमा परी नेपाल राष्ट्रिय शिक्षक संगठनले गोदावरी नगरपालिका भित्र रहेका ३ वटा बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग समेत गरेको छ । सहयोग पाउनेमा गोदावरी नगरपालिका वडा नं. ५ मा रहेको नवदुर्गा आ वि बरबट्टा, गोदावरी नगरपालिका वडा नं.४ मा रहेको सरस्वती आ वि खैराना र गोदावरी नगरपालिका वडा नं. २ मा रहेको कृष्ण आ वि तेघरी रहेको छ । कार्यक्रममा गोदावरी नगरपालीका भित्रका विभीन्न सामुदायिक विधालयहरुका शिक्षक शिक्षिकाहरुको उपस्थीती रहेको थियो । कार्यक्रममा सहभागीहरुले नाचगान गर्दै रमाईलो समेत गरेका थिए ।
