रिह्याब सेन्टरमा लायन्स क्लब अफ धनगढी एभरेष्टले मनायो बुवाको मुख हेर्ने दिन

धनगढी- लायन्स क्लब अफ धनगढी एभरेष्टले रिह्याब सेन्टरमा आश्रितहरुलाई सहयोग गरेर कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन मनाएको छ ।

धनगढीको पहिलो आरम्भ रिह्याविलिटेशनमा बसिरहेका ३० जनालाई क्लबले सहयोग गरेको हो । उनीहरुलाई बिहानको खाजा, औषधि तथा मास्क प्रदान गरिएको क्लबकी अध्यक्षले संजिता कुँवरले बताइन् । लायन्स क्लब अफ धनगढी एभरेष्टले विगतदेखि नैसामाजिक कार्य गर्दै आएको छ ।

ADD Khali jpg
Loading...