निशर्ग अस्पतालमा दक्षिणकाली बहिरा बिद्यालयका बिद्यार्थीले छुट पाउने

धनगढी- धनगढी उप महानगरपालिका वडा नं. ११ स्थित दक्षिणकाली बहिरा आवासिय बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरुले धनगढीको निशर्ग अस्पतालमा उपचार गर्न आए छुट पाउने भएका छन् । बिद्यार्थी तथा शिक्षकहरुको उपचारमा छुट हुनेगरी बिद्यालयका प्रधानाध्यापक सिताराम चौधरी र अस्पतालका अध्यक्ष तिर्थ पन्तबिच बिहिबार सम्झौता भएको हो ।

बिपन्न बर्गमा जन्मेका त्यसमा झन बहिरा बिद्यार्थीहरु रहेको दक्षिणकाली बहिरा आवाशिय बिद्यालयका बिद्यार्थीहरुको स्वास्थ्य चेकजाँचका लागी निशर्ग अस्पतालको टिम हरेक साताको शनिबार बिद्यालयमै जाने प्रधानाध्यापक चौधरीले बताए ।

Navadurga sun

अस्पताल आउनुपर्ने देखिए बिद्यार्थीहरुका लागी टिकट निःशुल्क गरिएको छ । ल्याबमा २५ प्रतिशत, बेडमा १०, औषधीमा ७ तथा अप्रेसन नै गर्नुपरे २५ प्रतिशत छुट दिनेगरी निशर्ग अस्पतालसंग सम्झौता भएको प्रधानाध्यापक चौधरीले बताए । यस्तै बिद्यालयमा अध्यापन गराइरहेका शिक्षक कर्मचारीहरुको उपचारमापनि अस्पतालले केही छुट दिने उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...