सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा १२ गते विदा

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले अटवारी पर्वको अवसरमा दिएको बिदाको मिति संशोधन गरेको छ । प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा दिएको बिदाको मिति संशोधन गरेर भदौ १२ गते कायम गरेको छ ।

थारु समुदायको बसोबास रहेको कैलाली, कञ्चनपुरमा सार्वजनिक बिदा लागू हुने गरी यसअघि, २०७८ चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले अटवारी पर्वको बिदा भदौ १९ गते दिने निणर्य गरेको थियो । तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अटवारी पर्वको बिदा भदौं १२ गते दिने निणर्य गरेको हो । तिथिमिति अनुसार अटवारी पर्व भदौ १२ गते परेको भन्दै थारु कल्याणकारिणी सभा कैलालीले बिदाको मिति संशोधन गर्न माग गरेको थियो ।

Navadurga sun

थारु कल्याणकारिणी सभा कैलालीले बिदाको मिति संशोधन गर्न माग गरेपछि प्रदेश सरकारको सो निणर्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ । आउँदो आइतबार र सोमबार दुई दिन थारु समुदायले अतवारी पर्व मनाउने जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...