डोटीमा सुत्केरी स्वास्थ्यकर्मी महिलाको मृत्यु

डोटी- डोटीमा एक जना सुत्केरी स्वास्थ्यकर्मी महिलाको ज्यान गएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ६ गिरिचौकाकी ३२ वर्षीया जानकी खडायतको ज्यान गएको हो । जिल्ला अस्पताल डोटीमा उनको बुधवार साँझ मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले जानकारी दिएका छन् ।

अस्पताल पुगेको १० मिनेटमै उनले मृत बच्चा जन्माएकी थिइन् । बच्चा जन्माएको करिब डेढ घण्टामा उनको मृत्यु भएको हो । मृत बच्चा जन्माएकी उनको उच्च रत्तश्राबका कारण मृत्यु भएको डाक्टर शाहले बताए । सुत्केरी भएपछि रगत धेरै बग्न थालेपछि अस्पतालका डाक्टर प्रकाश ठकुल्ला लगायतका चार जना डाक्टरको टोली उनको उपचारमा खटिएको थियो । डाक्टरहरूले बचाउने ठुलो प्रयास गरेको भए पनि उनलाई बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ ।

Navadurga sun

जिल्ला बाहिर रेफर गर्ने तयारी भएको थियो, डाक्टर शाहले भने, एम्बुलेन्स पनि तयारी अबस्थामा थियो, रेफर गर्दा रगत रोकेर पठाउनु पर्ने हुन्छ, रगत रोक्ने विधिको प्रयोग गर्दागर्दै उनको मृत्यु भयो ।

पेटको बच्चा चल्न छोडेपछि उनी भिडियो एक्स-रे गराउन जिल्ला अस्पताल डोटी आएको अस्पताल स्रोतले बताएको छ । उपचारमा संलग्न डाक्टरका अनुसार उनको पेटमा भएको बच्चा दुई तिन दिन अगाडी नै मरिसकेको थियो । उनको सुत्केरी हुने समय एक महिना पछाडिको थियो ।

उनको ९ वर्षको एक बच्चा छ । पहिलो पटक उनी सुत्केरी हुँदा अप्रेसन गरी बच्चा निकालिएको थियो । तर दोस्रो पटक सामान्य सुत्केरी भए पनि बाच्न सकिनन् ।

२०७० सालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेकी उनले ओजेटि जिल्ला अस्पताल डोटीमै गरेकी थिइन् । हाल उनी गिरिचौका स्वास्थ्य चौकीमा अनमीको रूपमा कार्यरत थिइन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...