डोटीको एक गाउँपालिका कार्यालयमा तालाबन्दी

डोटी- डोटीको एक गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । जिल्लाको बोगटान फुड्शिल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो । मंगलबार गाउँपालिकाले विगतमा करारमा राखेका कर्मचारीद्वारा आफूहरुलाई हटाएको भन्दै तालाबन्दी गरेका हुन् ।

Dadeldhura hospital

गाउँपालिकाले गत साउन २८ गते ७ जना कर्मचारी करार हटाइएको थियो । ति हटाइएका करार कर्मचारीले आफ्नो पुर्नवहालीको माग गर्दै आएका छन ।

Navadurga sun
Godawari sandesh

यता गाउँपालिकाका अध्यक्ष कमल गड्सिला काठमाडौं भएकाले ताला लगाएको कुरा सुनेको तर अन्य विषयमा आफू जानकार नभएको बताएका छन् । विवाद बारे केहि दिनमा छलफल गर्ने अध्यक्ष गड्सिलाले गर्ने बताए ।

Loading...