नेकपा विप्लव सहितका चार राजनीतिक दलको बन्द कञ्चनपुरमा पनि प्रभाव

कञ्चनपुर- नेकपा विप्लव सहितका चार राजनीतिक दलले आज (मंगलबार) नेपाल बन्द आब्हान गरेका छन । विप्लव र सरकारसंग भएका तीन बुँदे सहमती सरकारबाटै उलङघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन बिरुद्धमा नेपाल बन्द आब्हान गरेको उक्त पार्टीले जनाएको छ ।

नेकपा विप्लवले कञ्चनपुरमा समेत नेपाल बन्द गराएका छन । बिहानैदेखि विप्लवका नेता कार्यकर्ता बन्द गराउन हिडेका छन । बन्दका कारण कञ्चनपुरबाट लामो तथा छोटो दुरीका सवारी साधन संचालन हुन नसकेका छैनन । भारतबाट फर्किएका मजदुर बसपार्क, गड्डाचौकी सीमा क्षेत्रमा अलपत्र परेका छन । बन्दका कारण यातायात, शिक्षण संस्था, उद्योग व्यवसायी लगायतका क्षेत्रमा प्रभाव परेको छ ।

Navadurga sun

नागरिक स्तरबाट भने बन्दको विकल्प खोज्दै अन्य विधीबाट संघर्षका कार्यक्रम अघि बढाउन समेत दलहरुमा माग अघि सारिदै आएको नागरिकको अपिल जायज भएको तर, बाध्यताबस नेपाल हड्ताल आब्हान गरिएको जनाएको छ ।

नेकपा विप्लव कञ्चनपुरका युवा नेता राजेन्द्र विष्ट(परिर्वतन)ले बाध्यताबस बन्द आब्हान गरिएको बताए । कञ्चनपुरमा बिहानैदेखि साँझ ५ बजेसम्म बन्द गरिने बताए । बन्द पार्टी विशेषका लागि नभई समग्र राष्ट्रकै लागि भएको बताउँदै उनले सहयोगका लागि अपिल गर्नुभयो । अति आवश्यकीय साधनमा समेत कुनै रोकटोक गरेको छैन । बन्दको एकाबिहानै कैलाली, बैतडी सहितका विभिन्न स्थानमा संकास्पद बस्तु फेला परेका छन ।

महेन्द्रनगरबाट ३ जना बन्दकर्ता पक्राउ
त्यस्तै प्रहरीले कञ्चनपुरमा समेत तीन जना विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरेको छ । ललित एसके, भरत विक र अनिल घडेरीलाई पक्राउ गरिएको छ ।

बन्दकर्ताले बिना कारण शान्तिपुणर् बन्दका क्रममा पक्राउ गरेको भन्दै प्रहरीको भत्र्सना गरेको छ । भने प्रहरीले जबरजस्ती बन्द गराउँदै हिडेको भन्दै पक्राउ गरेको जनाएको छ । विप्लव कञ्चनपुरले भने बन्दकर्तालाई निरुत्साहित गर्न र आन्दोलन दमनका लागि पक्राउ गरेको दावि गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...