कैलालीको अत्तरियामा अन्तर प्रदेश सवारी परीक्षण कार्यालय स्थापना

अत्तरिया- कैलालीको अत्तरियामा अन्तर प्रदेश सवारी परीक्षण कार्यालय स्थापना गरिएको छ । नेपाल भर संचालन हुने सार्वजनिक सवारी साधनहरुको लागि हुने सेवा प्रवाह गर्न संघिय सरकार मातहतको उक्त कार्यालय स्थापना गरिएको हो ।
उक्त कार्यालय स्थापना भएपछि अन्तर प्रदेश स्तरीय कामका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यता हटेको कार्यालयका प्रमुख जितेन्द्र प्रशाद शर्माले बताए । उनले प्रदेश मातहतमा रहेका धनगढी, महेन्द्रनगर र डडेल्धुरामा रहेका यातायात कार्यालयले प्रदेश भित्रमै संचालन हुने यातायातका साधनको जाँच पास, रुट परमिट लगातका सेवा दिने गरेकोमा प्रदेश सवारी परीक्षण कार्यालयले अन्य प्रदेशका लागि पनि सो सेवा दिने बताए ।
Navadurga sun
‘यस कार्यालयबाट बिषेश गरेर प्रदेश बाहिर जाँने र बाहिरी प्रदेशबाट आउने सार्वजनिक सवारी साधनहरुले सेवा पाउने छन’ उनले भने ‘कार्यालयबाट यात्रुवाहक र मालवाहक सवारी साधनको जाँचपास, बाटो इजाजतपत्र प्रदान, स्तर कायम, प्रदुषण परिक्षण, रात्री सेवा, स्तरीय सेवा, डिलक्स तथा सुपर डिलक्स सेवामा संचालन हुने सार्वजनिक सवारी साधनको मापदण्ड अनुसार सवारी निरीक्षण गरी तोकिएको अवधिसम्म संञ्चालनको स्वीकृति दिने लगायतका कार्यहरु गरिनेछन ।’
अन्तर प्रदेशमा संचालन हुने सार्वजनिक सवारी साधनले ६/६ महिनामा जाँच पास र ४/४ महिनामा रुट परिवर्तन गर्नुपर्ने प्रावधान गरेको छ । हाल सेती र महाकाली यातायात कार्यालयहरुले केही क्षेत्रका लागि अन्तर प्रदेशका काम गरिरहेको भएपनि अब भने ति कार्यालयबाट दिईको अन्तर प्रदेश सेवा मान्य नहुने कार्यालय प्रमुख शर्माले बताए ।
नेपाल सरकारले ७ वटै प्रदेशमा सवारी परीक्षण कार्यालय राख्ने नीति अनुरुप सुदूरपश्चिमको कार्यालय अत्तरियामा राखिएको हो। हाल अन्तर प्रदेश कार्यालय अत्तरिया सहित बुटवल, काठमाण्डौं, हेटौडा र इटहरुमा राखिएका छन भने कणर्ाली प्रदेश, गण्डकी प्रदेशर मधेस प्रदेशमा कार्यालय स्थापना हुन बाँकी छन ।
ADD Khali jpg
ADD Khali jpg
Loading...