हेलिकोप्टर मार्फत उद्धार गरिएकी गर्भवती महिलाको ज्यान बच्यो, शिशुको मृत्यु

बैतडी- बैतडीको सिगासबाट सोमबार हेलिकोप्टर मार्फत उद्धार गरिएकी गर्भवती महिलाको ज्यान बचेको छ । सिगास गाउँपालिका वडा नं.६, थलाकि २० वर्षीया बिन्दु धामीको उद्धारपछि ज्यान बचेको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतको कणर्ाली प्रादेशिक अस्पताल पुर्‍याएकी बिन्दुको ज्यान जोगिएको उनका श्रीमान दीपेन्द्र धामीले जानकारी दिए । बिन्दुको ज्यान जोगिएपनि शिशुको भने मृत्यु भएको छ । अस्पतालमा शल्यक्रिया गरेपछि बिन्दुको ज्यान बचेको र लामो व्यथाका कारण शिशुको गर्भमै मृत्यु भएको शल्यक्रियामा सहभागी चिकित्सकलाई उद्रित गर्दै दिपेन्द्रले बताए । लामो व्यथाले शिशुको गर्भमै मृत्यु भएको भन्ने चिकित्सक बताएका छन् । मृतक शिशु छोरा रहेछ ।

Navadurga sun

आइबारदेखि सुत्केरी व्यथा लागेकि बिन्दुको सोमबार मात्रै हेलिकप्टरबाट उद्धार गरि सुर्खेत लगिएको थियो । समयमा खबर नगरिएकाले शिशुको मृत्यु भएकोप्रति बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुख व्यक्त गरेका छन् ।

आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि सोमबार उद्धार गरिएको हो । आइतबारदेखि सुत्केरी व्यथा लागेकी बिन्दुको स्वास्थ्य अवस्था खराव हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पुर्याउन ४ घण्टा बोकेर लैजानुपर्ने, सो समयसम्म अत्यधिक रक्तश्राप हुने खतरा रहेकोले सुविधासम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...