लागुऔषध सहित डोटीबाट एक युवक पक्राउ

डोटी- डोटीबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । लागु औषध ओसारपसारमा संलग्न भएको आरोपमा कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ८ का २९ वर्षीय रमेश जोशी पक्राउ परेका हुन ।

अत्तरियाबाट अछामको साँफेबगर जाँदै गरेको ना ५ ख ४१६ नम्बरको गाडीमा उनको साथबाट ६ ग्राम २५० मिलीग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...