धनगढीबाट १ किलो चरेश सहित एक युवक पक्राउ

धनगढी- लागु औषध (चरेश) सहित कैलालीको धनगढीबाट एक युवक पक्राउ परेका छन । धनगढी उप-महानगरपालिका वडा नं. १२ जुगेडा कम्पनी टोलमा किरना पसल संचालन गरेका ३६ बर्षिय दिनेश सिंह १ किलो चरेश सहित पक्राउ परेका हुन ।

बझाङ जयपृथ्वी नगरपालिका वडा नं. ६ घर भएका सिंहको किराना पसलबाटै चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun

सादा पोशाकमा खटिएको प्रहरीले शंका लागि चेकजांच गर्दा लुकाईछिपाई राखेको चरेश बरामद गरिएको हो । चरेश सहित पक्राउ परेका सिंह माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...