अत्तरियामा काम गर्ने बैतडीका युवा शौचालयमा मृत भेटिए

अत्तरिया, ५ भदौ– कैलालीको गोदावरी नगरपालिका वडा नं. १ बरपिपलस्थित चौलागाईं वस्त्रालयमा काम गर्ने बैतडीका एक युवा मृत फेला परेका छन् ।

बैतडीको डिलाशैनी गाउँपालिका-७ घर भएका २२ वर्षीय जयन्तबहादुर कार्कीको शव शनिवार साँझ शौचालयमा फेला परेको प्रहरीले जनाएको छ । उक्त बस्त्रालय रहेको घरको चौथो तलाको शौचालयमा कार्की मृत फेला परेका हुन् ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार बिजुलीको बल्फ लगाउने होल्डरमा झुण्डिएर मृत्यु भएको खबर आएपनि बिस्तृत अनुसन्धान गर्न बाँकी छ ।

कार्की दुई वर्षदेखि उक्त वस्त्रालयमा काम गर्दै आइरहेका थिए । घटना रहस्यमय भएको र होल्डरमा झुण्डिएर आत्महत्या गरेको हुन नसक्ने भन्दै आफन्त आक्रोशित छन् । प्रहरीका अनुसार कार्कीका आफन्त पुगेपछि घटनास्थलको थप अनुसन्धान गरिनेछ ।

कार्कीका काका पदमका अनुसार वस्त्रालयका सञ्चालक शुवास चौलागाईंले उनका भतिजाको शव ट्वाइलेटको होल्डरमा बिजुलीको तारमा झुण्डिएको अवस्थामा फेला परेको बताएका थिए । होल्डरमा मसिनो तारले पासो लगाउन असम्भव भएकाले मृतकका काका पदमले भतिजाको हत्या भएको आशंका गरेका छन् ।

ADD Khali jpg
Loading...