चार दिदीबहिनी सेना–प्रहरीमा

बैतडी- बैतडीमा एकै परिवारका चार दिदीबहिनी सुरक्षा निकायमा सेवारत छन्। आठ दिदी बहिनीमध्ये तीन बहिनी नेपाली सेना र एक बहिनी नेपाल प्रहरीमा कार्यरत छन्। दुई बहिनीमध्ये एकले नेपाल प्रहरी र अर्कीले नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा छन्। बाँकी दुई जना शिक्षण पेसामा छन्।

Ganyapdhura gau
Dadeldhura hospital

बैतडीको मेलौली नगरपालिका–७, गाउँकोटका आठ दिदीबहिनीले प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्मको पढाइ पूरा गरेका छन्। भारतीय सेना गोरखा रेजिमेन्टमा कार्यरत करवीर चन्दले छोराको आसैआसमा आठ छोरीको मुहार देखेका थिए। नेपाल प्रहरीमा कार्यरत सरिता चन्दले भनीन्, ‘लाहुरेको घरमा छोरा जन्मेन भनेर गाउँ समाजले कुरा काट्थे रे। छोराको आसमा प्रत्येक दुई वर्षको अन्तरालमा हामी जन्मिएछौँ।’

Navadurga sun
Godawari sandesh

जेठी बबिता चन्द र माइली मञ्जु चन्द गाउँकै विद्यालयमा शिक्षक छन् ।मुन्नी चन्द, इन्द्रा चन्द र अनिता चन्द नेपाली सेनामा कार्यरत छन् । मनिसा चन्दले नेपाल प्रहरी र अमृता चन्द नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा छन्। सरिताले भनीन्, ‘अहिले पनि नेपाली समाज छोराको खोजी हुन्छ, त्यो बेला बैतडीको दुर्गम गाउँमा कस्तो थियो होला ?’

छोराको आशमा करवीर चन्दले देवी देउताको भाकल र पूजा त धेरै नै गरेका थिए । तथापि यतिबेला चाहिँ छोरीको सफलता देखेर उहाँ खुसी हुनुहुन्छ। सरिताले भनीन्, ‘अहिले बुवाआमामा छोरा नहुँदाको पछुतो छैन।’

Couple
Loading...