गठबन्धनलाई भोट नदिएको भन्दै पालिकाले हटायो ७ कर्मचारी

धनगढी- डोटीको बोगटान फुड्सिल गाउँपालिकाले ७ जना कर्मचारीलाई हटाएको छ। विभिन्न शाखा तथा वडा कार्यालयमा कार्यरत ७ कर्मचारी हटाइएको हो। गाउँपालिकामा कार्यरत ती कर्मचारीले हालै सम्पन्न स्थानीय तहको चुनावमा गठबन्धनलाई मतदान नगरेको भन्दै हटाइएको नेकपा एमालेले आरोप लगाएको छ।

गाउँपालिकामा कार्यरत कर्मचारीलाई पूर्वाग्रह राखेर कर्मचारी हटाइएको एमाले गाउँ कमिटी अध्यक्ष खेम घर्तीमगरले बताए। एमाले निकट कर्मचारी भन्दै उनीहरूलाई हटाइएको दाबी गरिएको छ। पालिकामा अध्यक्षको मनोमानी बढेको स्थानीयले पनि बताएका छन्।​ गापाले भने कार्यपालिका बैठकबाट कर्मचारीको म्याद नथप्ने निर्णय गरेको जनाएको छ।

Navadurga sun

ADD Khali jpg
ADD Khali jpg
Loading...