कोरोनाको जोखिमसँगै बैतडीमा आईसीयूसहित आइसोलेशन तयार

बैतडी- कोरोना सङ्क्रमणको जोखिम फेरि बढ्न थालेपछि बैतडीमा पूर्वतयारी थालिएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले जोखिम बढेको छ । जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेशन निर्माण गरिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पतालको नयाँ भवनमा १० शय्याको आइसोलेशन तयार पारिएको हो ।

जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तका अनुसार बढ्दो कोरोनाको सङ्क्रमणलाई ध्यानमा राखेर सङ्क्रमितको व्यवस्थापनका लागि आइसोलेशन तयार पारिएको छ । दशरथचन्द नगरपालिका र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा आइसोलेशन तयार पारिएको हो ।

Navadurga sun

महिला पुरुषका लागि छुट्टाछुट्टै आइसोलेशन तयार पारिएका छन् । यस्तै जिल्ला अस्पतालमा पनि आईसीयूसहितको चार शय्या आइसोलेशन तयार पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णयअनुसार आइसोलेशन निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

बैठकले पाँच लाख रुपैयाँ बराबरको कोरोना कोष स्थापना गर्ने, होल्डिङ सेन्टर, क्वरेन्टिन निर्माण गर्ने, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेस गर्ने निर्णय गरेको थियो ।

हरेक पालिकामा आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्ने निर्णय भएको थियो । भारतसँग सीमा जोडिएको बैतडीमा अहिलेसम्म ३ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण १९ जनाले ज्यान गुमाएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...