दोस्रो अन्तर डोजाङ्ग प्रतियोगीताका विजयी खेलाडीलाई प्रमाणपत्र वितरण

अत्तरिया, ३ भदौ- कैलालीको अत्तरियामा दोस्रो अन्तर डोजाङ्ग स्तरिय तेक्वान्दो प्रतियोगीताका विजयी खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । शुक्रबार कार्यक्रमको आयोजना गर्दै कैलालीको अत्तरियामा रहेको अत्तरिया तेक्वान्दो डोजाङ्गले प्रतियोगीतामा विजयी भएका खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।

Navadurga sun

डोजाङ्गमा आवद्ध खेलाडीहरुलाई सहभागी गराई आयोजना गरिएको उक्त प्रतियोगीताका विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगीतामा ह्वाईट बेल्टतर्फ निश्चल खात प्रथम भएका थिए भने प्रिन्सी बाग द्धितिय र करन विष्ट तथा आरस थापामगर तृतिय भएका थिए ।

त्यसैगरी ग्रिन बेल्टतर्फ लक्की दहित प्रथम र शिरिष बलायर द्धितिय भएका थिए । प्रतियोगीतामा ग्रिनब्लु बेल्टतर्फ वर्षा गिरी प्रथम हुँदा भिक्टर बिष्ट द्धितिय भएका थिए भने ब्लु बेल्टतर्फ सानु विष्ट प्रथम हुँदा बर्षा कडायत द्धितिय र अंकित भट्ट तृतिय भएका थिए । उनिहरु सबैले मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगीताामा रेडब्याक बेल्ट तर्फको प्रमाणपत्र प्रथम ले मात्रै पाएको थियो । उक्त विधामा उमेश मल्ल प्रथम भएका थिए ।

अत्तरिया तेक्वान्दो डोजाङ्ग प्रमुख एवं कैलाली जिल्ला तेक्वान्दो कार्यसमिति सचिव इन्द्र बहादुर सिंहको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिका वडा नं.२ का वडा सदस्य एवम सुदूरपश्चिम भलिबल संघका अध्यक्ष देवराज भट्ट रहनु भएको थियो ।

त्यस्तै बिशिष्ट अतिथीमा सुदूरपश्चिम खेलकूद परिषदका सदस्य दुर्गा अधिकारी, दुर्गालक्ष्मी नमुना मा.वि.का प्रधानाध्यापक शिवराज जोशी रहेका थिए ।

त्यसैगरी अतिथीमा कैलाली जिल्ला तेक्वान्दो कार्यसमिति कोषाध्यक्ष मोहन शाही, गोदावरी नगर तेक्वान्दो समिति अध्यक्ष सन्तोष भट्ट, मालाखेती तेक्वान्दो डोजाङ्ग प्रमुख शिवराज भट्टराई, दुर्गालक्ष्मी सामुदायिक वन समितिका निर्वतनमा अध्यक्ष दुर्गा कडायत, दुर्गालक्ष्मी सामुदायिक वन समितिका नव निर्वाचित अध्यक्ष शिवा कडायत, जेष्ठ नागरिक समाजका अध्यक्ष सडक राज जोशी लगायतको सहभागिता रहेको थियो ।

प्रमुख अतिथी रहनु भएको भट्टले आफु सुदूरपश्चिम भलिबल संघका अध्यक्षको साथसाथै विगतमा भलिबलको खेलाडी भएको बताउँदै खेलकुद भन्नाले कुनै एउटा खेलमात्र नभइ समग्र खेललाई जनाउने बताए । खेलकूदका लागि वडा नं.२ को तर्फबाट के कस्तो किसिमको सहयोग गर्न सकिन्छ त्यसका लागि वडा नं.२ को तर्फबाट सहयोग गर्ने बचनबद्ध समेत व्यक्त गरेका थिए ।

दोस्रो अन्तर जोडाङ्ग स्तरीय तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी भई प्रथम, द्धितीय र तृतिय खेलाडीहरुले पुम्से प्रर्दशनी समेत प्रस्तुत गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...