अत्तरिया, ३ भदौ- कैलालीको अत्तरियामा श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा घैटो फुटाउने कार्यक्रम सम्पन्न गरिएको छ । क्यूरिक डान्स स्टुडियोको आयोजनामा ‘जो नाच्छ धेरै बाँच्छ’ भन्ने मूल नाराका साथ घैटो फुटाउने कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त घैटो फुटाउने कार्यक्रममा ३५ जनाको सहभागिता रहेकोमा ३ जनाले घैटो फुटाउन सफल भएका थिए । घैटो फुटाउनेहरुमा अम्रित प्रसाद भट्ट, बिरेन्द्र बुढा र मानमती भट्ट रहेका छन् उनिहरुले समान रुपले ५५० रुपैया प्राप्त गरेको छन् ।



त्यस्तै घरघर मर्मत सेवा त्रिनयन नेपाल र जुम प्रोडक्सनको सहकार्यमा अत्तरियाको बसपार्कमा उक्त कार्यक्रम संचालन गरिएको थियो ।
