मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, एक घाइते


अत्तरिया- कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।



बिहीबार दिउँसो धनगढीबाट कञ्चनपुरको बेलौरीतर्फ गइरहेको ना ४४ प ९७०४ नम्बरको मोटसाइकल पुनर्वास नगरपालिका १ ढक्कामा अनियन्त्रीत भइ दुर्घटना हुँदा चालक बेलौरी नगरपालिका-८ कलकत्ताका २३ वर्षीया गोबिन्द चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हुलाकी सडकखण्डबाट बेलौरीतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा अर्का एक जना घाइते भएका छन् ।


घाइते हुनेमा सोही मोटरसाइकलमा सवार कलकत्ताकै २३ वर्षीय हिक्मत चौधरी रहेकोे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । घाइते हिक्मतको उपचार सेती अस्पतालमै भइरहेको प्रहरीले जानकारी दिएको छ ।



