आज देशभर ४ हजार २२ जनाले जिते कोरोना

काठमाडौं– आइतबार देशभर ४ हजार २२ जनाले कोरोना संक्रमणलाई जित्न सफल भएका छन् । यस्तै आज देशैभर ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Dadeldhura hospital

हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ८८ हजार १ सय ६० रहेको छ । जसमध्ये ८१ हजार ४ सय ३० होम आइसोलेसनमा छन् । ६ हजार ७ सय ३० भने संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी ८ सय ३२ जना आइसियूमा र २ सय ६७ जना भेन्टिलेटरमा छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

आज काठमाडौ उपत्यकामा पुष्टी भएका ४ हजार १ सय ९८ जनामध्ये काठमाडौमा ३ हजार १६२ जना, ललितपुरमा ५ सय ४ र भक्तपुरमा ५ सय ३३ रहेको छ ।

Loading...