पुल नहुँदा खोला तर्न समस्या

बाजुरा- बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं –३ को डुँग्री झिगिने, टुनीसैन लगायतका खोलामा पुल नहुँदा त्यहाँका स्थानीयलाई वर्खाको समय खोला तर्न निकै समस्या भएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नं –३ पुडाबाउला, मौवाडी, धुर्तोला, टुनीसैन लगायतका स्थानीय पुस्तौ देखि अहिलेसम्म उपभोग्य सामाग्री खरिद गर्न बेतालमाण्डौ साँफेबगर लगायतका बजारमा यसै खोलाबाट वारपार गर्ने गरेका छन् ।

खप्तड छेडेदह गाउँपालिका वडा नं –३ मौवाडीका दिलबहादुर धामीले, यहाँका स्थानीयलाई घाँस दाउरा गर्न तथा दैनिक उपभोग्यका समाग्री खरिद गर्न जाँदा यो खोला तर्नु पर्ने हुन्छ । पुल छैन वर्षा लागेपछि खोला बढेर आउँछ अनी वारपार गर्न समस्या हुने गरेको बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले भने, ‘‘यहाँका अधिकाशं बालबालिका बूढीगङ्गा –७ को शारदा माविमा पढ्छन । वर्खाको समय उनीहरुलाई खोला तरेर विद्यालयमा जान निकै समस्या हुने गरेको छ । खप्तड छेडेदह गाँपालिका –३ मौवाडीका स्थानीयको यो समस्या पहिले देखिको नै हो । यो समस्या समाधान गर्न धेरै ठाउँमा पहल माग गरेका छौ । तर पनि कसै ठाउँबाट यो कुरा सुनुवाइ भएको छैन ।’’

बूढीगङ्गा नगरपालिका –७ झालीका चेतमान सार्कीले, खप्तड छेडेदह गाउँपापलिका टुनीसैन, पुडाबाउला, मौवाडी लगायतका स्थानीय बेलातमाण्डौ साँफे बजारमा जाँदा यसै खोलाबाट आउजाउ गर्ने भएकोले वर्खाको समय उनीहरुलाई निकै समस्या हुने गरेको बताए।

खप्तड छेडेदह गाउँपालिका वडा नं –३ वडा अध्यक्ष बिर्ख रावतले, खप्तड छेडेदह गाउँपालिका वडा नं –३ का डुँग्रीखोला, टुनीसैन, मौवाडी, पुडाबाउला, धनाल्त, धुर्तोला लगायत बस्तीको वरिपरी पनि धेरै खोला छन् । वर्खाको समय ती खोलाले यहाँका स्थानीयलाई धेरै सताएको बताए। यहाँका स्थानीय दैनिक उपभोग्यका समाग्री ल्याउन र विद्यार्थीलाई बूढीगङ्गा –७ शारदा माविमा पढ्न यही खोला तरेर जानुपर्ने बाध्यता छ । अध्यक्ष रावतले खोलामा पुलको व्यवस्था गर्न धेरै ठाउँमा पहल गरिएपनि समास्या समाधान गर्न नसकेको बताए ।

 

Loading...