पासोमा फसेको चितुवाको मृत्यु

Dadeldhura hospital

बैतडी- बैतडीमा पासोमा फसेको चितुवा मरेको छ । जंगली बंदेलका लागि थापेको पासोमा फसेको चितुवाको उद्धारका क्रममा मृत्यु भएको हो । दशरथचन्द नगरपालिका–४ बिनासौंमा किसानहरुले बँदेलका लागि थापेको पासोमा चितुवा फसेको थियो । चितुवाको उद्धार गरी जिल्ला सदरमुकाममा ल्याउने क्रममा बाटैमा चितुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक प्रेम शाहीका अनुसार चितुवाको उद्धार गरि खोर भित्र राखेर ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । उनले भने, फलामको खोर भित्र राखिसकेपछि आफैँ मर्यो । मुचुल्का उठाउने काम भइरहेको छ । घटनास्थलमा वन डिभिजन कार्यालयको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना खटिएका थिए ।

Navadurga sun
Godawari sandesh
Loading...