किसान कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न, नयाँ कार्य समिति चयन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको किसान कृषि सहकारी संस्था लमिटेडको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको अध्यक्ष कृष्णा भाटको सभापतित्वमा भएको साधारण सभामा कैलालीको गोदावरी नगरपालिकाका नगर उप-प्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहेकी थिइन । कार्यक्रममा विशिष्ठ अतिथि सिटी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार समिति संयोजक राजेन्द्र खड्का, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षेक बासु देव भट्ट र सूर्य लाइफ इन्स्योरेन्स अत्तरिया शाखा कार्यालय प्रमुख नरेश भट्टको उपस्थिति रहेको थियो ।

Navadurga sun

उक्त साधारण सभामा प्रमुख अतिथि नगर उप-प्रमुख रोकायाले किसान कृषि सहकारी भनेकै कृषिलाई पहिलो प्राथमिकता दिदै कृषिलाई अर्गानिक खेतीमा निर्भर गर्दै आइरहेको किसान कृषि सहकारी रहेको बताइन् । उनले भने, ‘सहकारी भनेको सहयोग को भावना हो र एकका लागि सबै र सबैका लागि एक सहकारी नै हो ।’

त्यसैगरी यस सहकारी संस्था कृषिमा आधारित हुनाले कृषि व्यवसायीहरुको लागि कृषिमा आधारित सीपमुलक तालिम प्रदान गरी पशुपालन तथा विभिन्न कृषि क्षेत्रमा व्यवसायी गर्न चाहनेलाई विशेष जोड दिएको रोकायाले बताइन् ।

उनले सहकारीले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुकासाथै साहुले लिने चर्को ब्याजबाट समेत मुत्ति दिलाएको बताइन् । कतिपय सहकारीहरुले आफ्नै लगानीमा साना तथा मझौला उद्योगहरु संचालनमा समेत ल्याएको उनले बताइन् । जस्तै कैलाली को अत्तरिया मा स्थित जीवन ज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था ले आफ्नै लगानी मा “सेनेटरि प्याड” उत्पादन गरी वितरण गर्दै आइरहेको बताइन् ।

२०७२ साल मा २७ जना शेयर धनीहरु मिलेर स्थापना गरी संचालनमा ल्याएको यस सहकारी संस्थामा हाल १ हजार ६ सय ६६ जना शेयर सदस्यहरु रहेका छन् । आर्थिक वर्ष २०७८/०७९ को आय-व्यय प्रस्तुत गर्दै संस्थाका प्रबंधक सुना रोकाया ले आ.व. २०७८/०७९ मसान्त सम्ममा संस्थाको शेयर पूँजि ४७ लाख ८१ हजार रहेको जानकारी दिईन् ।

त्यस्तै जगेडा कोषमा २१ लाख ६३ हजार २७५ रुपैँया रहेको जानकारी दिईन् । त्यसैगरी संस्थाले यस आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ३४ लाख ३४ हजार ५४० रुपैयाँ कर्जा तर्फ लगानी गरेको बताइन् । आ.व. २०७८/०७९ मसान्त सम्म संस्थाले ३ करोड ५० लाख ५१ हजार ७सय ९१ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको समेत बताइन ।

साथै यस आर्थिक वर्ष निक्षेपमा २ करोड ४३ लाख ५८ हजार ६७० रुपैयाँ बचत संकलन रहेको प्रबन्धक रोकायाले बताइन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाले गर्दा गत वर्षको जस्तो नाफा आर्जन गर्न नसकेनी यस वर्ष सम्पूणर् खर्च कटाई ७ हजार ७ सय ५ रकम खुद नाफा आर्जन गरेको बताइन् ।

प्रबन्धक रोकायाले किसान कृषि सहकारी संस्था मुनाफा आर्जन गर्नका लागि नभई संस्थाका शेयर सदस्यहरूलाई कृषि क्षेत्र तर्फ आकर्षित गर्दै अर्गानिक खेती गरी विसादिमुक्त बनाई आर्थिक अवस्था सुधारमा जोड दिँदै आइरहेको बताइन् । यस संस्थाले बिना सेवा शुल्क सहज तरिकाले ऋण प्रदान गर्दै आइरहेको समेत उनले बताइन ।

उक्त कार्यक्रममा यस संस्थामा कार्यरत ६ जना कर्मचारीहरुलाई संस्थाको सातौ साधारण सभाको अवसरमा संस्था की अध्यक्ष कृष्णा भाट तथा प्रमुख अतिथि गोदावरी नगर उप-प्रमुख शारदा देवी रोकायाले प्रशंसा पत्र समेत प्रदान गरेका थिए ।

त्यस्तै संस्थाको वार्षिक लेखा प्रतिवेदन प्रस्तुत लेखा समिति संयोजक टंक प्रसाद जोशीले गरेका थिए । स्वागत मन्तब्य यस संस्था की उपाध्यक्ष उर्मिला बोगटी गरेकी कार्यक्रमको संचालक शारदा फुलाराले गरेकी थिइन् ।

नयाँ कार्य समिति चयन

संस्थाको सातौ वार्षिक साधारण सभाबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ । जसको अध्यक्षमा राधा बिष्ट कुँवर चयन भए संगै सभाको बन्दसत्रले राधा बिष्ट कुँवरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा शान्ति देवी वि.क चयन भएकी छन भने सचिवमा खिमा भाट र कोषाध्यक्षमा पशुपति भट्ट चयन भएका छन ।

त्यस्तै संस्थाको कार्यसमिति सदस्यहरुमा चाँदनी बोगटी, डम्मरी देवी देउवा, कुन्ती देवी भाट, रूकमणी पनेरु, कृष्णा महरा, सुमती वि.क र कलापती भट्ट चयन भएका छन् । साधारण सभाले लेखा सुपरिवेक्षक समितिको संयोजकमा टंक प्रसाद जोशी तथा सदस्यमा शान्ता पन्त फुलारा र ज्ञानु प्रसाद तिवारी चयन गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...