


धनगढी- कैलालीको धनगढी पोलिटेक्नीक इन्स्टिच्यूटमा विद्यार्थीले लगाएको ताला खुलेको छ । उपमहानगरपालिका द्वारा सञ्चालित इन्स्टिच्यूटमा आइतबार विद्यार्थीले विभिन्न माग राख्दै ताला लगाएका थिए ।


वडा नम्बर ६ मा रहेको इन्स्टिच्यूटमा ड्रइङ शिक्षक, शौचालय निर्माण, खानेपानी तथा विद्युतको व्यवस्थापन, ल्याब स्थापनाको माग राख्दै विद्यार्थीले ताला लगाएका थिए । आइतबार प्रशासन र विद्यार्थीबीच भएको छलफलपछि ताला खुलाइएको हो ।



