नेपालको सबैभन्दा अग्लो हनुमान मूर्ति

कैलाली- सुदूरपश्चिम नेपालको कैलाली जिल्ला गोदावरी नगरपालिका- ४ गोदावरी अर्थात कैलाली जिल्लाको अत्तरियाबाट डडेलधुरा, बैतडी जाने राजमार्गको करिब ८ किमीको दूरीमा सडकको बायाँतर्फ यो अग्लो र निकै नै आकर्षक हनुमानको मूर्ति रहेको छ । ५१ फिट अग्लो यो हनुमानको मूर्तिलाई नेपालको सबैभन्दा अग्लो हनुमानको मूर्ति मानिएको छ ।

Dadeldhura hospital

यस हनुमान मन्दिरको परिसरमा पार्कलगायत सुन्दर बगैंचासमेत छन् । अग्लो हनुमानको मन्दिर नजिक अन्य विभिन्न देव, देवताहरुका मूर्तिसमेत छन् । २०६८ सालमा पीठाधीश श्री श्री १०८ सचिदानन्द पुरी योगी महाराजले यस मूर्तिको अनावरण गरेका थिए ।

Navadurga sun
Godawari sandesh

गोदवारी क्षेत्रलाई धार्मिक एवं पर्यटकीय क्षेत्र मानिएको छ । यहाँ विभिन्न प्राचीनलगायत अन्य विभिन्न मठ, मन्दिरहरु छन् । यो स्थान काठमाडौंबाट ६७१.४ किमीमा रहेको छ ।

Loading...