धनगढीमा ‘एक्सपर्ट एजुकेशन फेयर २०२२’ हुने

धनगढी- धनगढीमा ‘एक्सपर्ट एजुकेशन फेयर २०२२’ हुने भएको छ । विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गरी एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रालिले धनगढीमा ‘एक्सपर्ट एजुकेशन फेयर २०२२’ आयोजना गर्ने भएको हो। शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै एक्सपर्टले साउन ३० गते धनगढीमा शैक्षिक मेला आयोजना गर्ने जनाएको हो ।

विशेष गरी अष्ट्रेलिया, युके, क्यानाडा र युकेएसमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज मार्केटीन अफिसर हरिकिसन चौधरीले बताए । मेलामा अष्ट्रेलिया, क्यानाडा र युके विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूसँग विद्यार्थीले प्रत्यक्ष संवाद गर्ने मौका पाउने एक्सपर्ट एजुकेशनका मार्केटीन अफिसर चौधरीले बताए । उनले हालसम्म ३५ जना विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाएको बताए । मेलामा २५० जना विद्यार्थीहरुको सहभागिता रहने उनको भनाइ छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...