कैलाली बौनियामा अवरुद्ध गरिएको पूर्व-पश्चिम राजमार्ग सुचारु

अत्तरिया- कैलालीको बौनियामा अवरुद्ध गरिएको पूर्व-पश्चिम राजमार्ग सुचारु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका-१० चुहामा बुधबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका व्यक्तिका परिवारजन तथा आफन्तले बिहिबार बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध पारेका थिए । राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि आवागमनमा समेत प्रभावित पर्न गएको थियो ।

Dadeldhura hospital

आफन्तलाई नियमानुसार क्षतिपूर्ति दिने सहमतिपछि साँझ ६ बजेदेखि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

बुधबार ५ख८४०६ नम्बरको ट्रकले लु७८प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिकाको वडा नम्बर ४ बलियाका २४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको थियो ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार जानकी गाउँपालिकाकी १८ वर्षीया चन्द्रा चौधरी घाइते भएकी थिइन । उनको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको थियो ।

Loading...