धनगढीको एक घरमा आगलागी

धनगढी- कैलालीमा गएराति एक घरमा आगलागी भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित एक व्यक्तिको घरमा आगलागी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीवार राति करिब १० बजेतिर सरौटा टोलका लक्ष्मी राम पाण्येको काठले बनेको दुई कोठे कच्ची घरमा आगलागी भएको हो।

मच्छर भगाउन बालेको भुसाबाट एक्कासी आगलागी हुँदा घरमा रहेका सामान पूर्णरुपमा नष्ट भएको छ।आगलागीबाट मानविय क्षति भने भएको छैन। धनगढी उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको कैलाली प्रहरीले जानकारी दिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...