अक्सिजन प्लान्ट स्थापना गर्न सरकारले रकम दियो
प्रदेशभित्रका ६ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न ८०/८० लाख






अत्तरिया, २४ बैशाख- अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा रहेका ६ जिल्ला अस्पताललाई ८० लाखका दरले रकम प्रदान गरेको छ । पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रतिअस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ८०/८० लाख रकम प्रदान गरेको हो ।


प्रदेशको सामाजिक विकास मन्त्रालयले ८०/८० लाख रकम जिल्ला अस्पताल पठाइएको जानकारी दिएको छ । प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले केही अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन खरिदको प्रक्रियासमेत सुरू गरिसकेको बताए । सुदूरपश्चिममा अहिले दैनिक ५ सय वटा अक्सिजन भरिएका सिलिन्डर आवश्यक परेको छ । तर प्रदेशमा ३ सय सिलिन्डर मात्रै अक्सिजन उपलब्ध छ ।



