अछाममा बन्चरो प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

धनगढी- अछाममा बन्चरो प्रहार गरी श्रीमतीको हत्या गर्ने पुरुष पक्राउ परेका छन् । बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या आरोपमा पदम कामी पक्राउ परेका छन् । साउन ११ गते राती पञ्चदेवल बिनायक नगरपालिक–७ पुल्लेतोलाकी ४५ वर्षीया मन्ना कामीको हत्या गरि फरार भएका श्रीमान पदम कामी पक्राउ परेका हुन्।

बुधबार उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाको वडा एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। कामीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...