बाजुराको बडिमालिका र बुढिनन्दामा एकै साथ मेला सुरु

बाजुरा- बाजुराको बडिमालिका र बुढिनन्दामा एकै साथ धार्मिक मेला सुरु भएको छ। सुदुरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तीर्थस्थल बडिमालिका र बुढिनन्दामा धार्मीक मेला सुरु भएको हो । आज बिहानै देखी धार्मिक पिठको रुपमा रहेका बडिमालिका बुढिनन्दामा मेला तथा पुजाआजा सुरु भएको छ।

साउन शुक्ल चर्तुदशीको दिन लाग्ने मेला आज हरेक वर्ष झैँ यस वर्ष धार्मिक तिर्थस्थल बडिमालिका र बुढिनन्दा मन्दिरमा भक्तजनहरू पुगेर पुजाआजा गर्न लागेका छन। जनैपुर्णीमाको अघिल्लो दिन बडिमालिका मन्दिरमा बिषेश पुजा हुने भएकाले आज नै भक्तजनहरु बर्षे झरीको प्रर्बाह नगरी देवीको दर्शन गरिरहेका छन् ।

Navadurga sun

भक्तजनहरु हिजो बिहानै देखि त्रिवेणीमा स्नान गरि बडिमालिका मन्दिर परिसरमा गइसकेका थिए। त्रिबेणीमा स्नान गरी बडिमालिका माता को दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृहरु तर्नुको साथै आफूले चित्ताएको सबै कुराहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजनहरु यहाँ आउने गर्छन ।झरी होस् कि जाडो तिर्थालुहरू मौसमको पर्वाह गर्दैनन् । तर, त्यहाँ पुगिसकेपछि यात्राका सबै कष्ट बिर्सने त्यहाँ पुग्नेहरू बताउँछन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...