माया मेट्रो अस्पतालमा ग्लोबल आइएमई बैंकका ग्राहक र कर्मचारीले छुट पाउने

धनगढी- ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाला ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड वा बंैकको परिचय पत्र पेस गर्नु पर्नेछ।आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौता गर्दै आएको जनाएको छ।

Navadurga sun

मुलुकका ७७ वटै जिल्लामा २८९ शाखा रहेको बैंकले २६५ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाख भन्दा बढी ग्राहकलाई सेवा दिइएको जनाएको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्तत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गरेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...