पूर्व जिल्ला सभापति चन्द नेपाली काँग्रेस (विपी)मा प्रवेश

हरिश चन्द
डडेल्धुरा २५ साउन- नेपाली काँग्रेस दार्चुलाका पूर्व जिल्ला सभापति मानबहादर चन्द नेपाली काँग्रेस (विपी)मा प्रवेश गरेका छन् । बुधबार नेपाली काँग्रेस (विपी)का बरिष्ठ उपसभापति कणर्बहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

हाल कञ्चनपुरको बेदकोट नगरपालिका-७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली काँग्रेस विपी जिल्ला कार्य समितिको पार्टी कार्यालय किसुन जी भवनमा पुगेका थिए । चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक यात्रा सुरु गरेका थिए । २०३६ सालमा नेपाली काँग्रेसमा सक्रिय भइ बहुदलको प्रचारप्रसारमा लागेका थिए । उनी २०४६ सालको जनआन्दोलमा जेल समेत परेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

२०४७ सालमा दार्चुलामा नेपाली काँग्रेसको संगठन बिस्तार गरि जिल्ला सभापति बनेका उनी २०४८ सालको प्रतिनिधि सभाको चुनावमा स्वतन्त्र उम्मेदवारसँग छिनो मतान्तरले पराजित भएका थिए । प्रजातन्त्र प्राप्तपछि २०४९ सालमा पहिलो जननिर्वाचित जिल्ला विकास समितिको सभापति बनेका चन्द २०५९ सालमा नेपाली काँग्रेस प्रजातान्त्रिक दार्चुला सभापति समेत भएका थिए ।

नेपाली काँग्रेसको विचलन तथा कार्यशैली प्रति असहमत रहँदै पछिल्लो समय उनी निश्किृय रहेका थिए । विपी कोइरालादेखि कृष्णप्रसाद भट्टराई सम्मको सिद्धान्तसँग सहमत भइ नेपाली काँग्रेस विपीको विधान आत्मसाथ गरि आवद्धता जनाएको उनको भनाइ छ ।

उनले इमान्दार सिद्धान्त तथा राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा प्रतिवद्ध सबैमा नेपाली काँग्रेस विपीमा आवद्ध हुन समेत आग्रह गरेका छन् । सुदूरपश्चिममा देउवाले एकलौटी गर्न थालेपछि उनीसँग रूष्ट भएका नेता कार्यकर्ता नेपाली काँग्रेस विपीमा प्रवेश गर्ने क्रम बढीरहेको बरिष्ठ उपसभापति मल्लले बताए । संगठन बिस्तारमा समेत आफूहरू लागेको उनको भनाइ छ । चन्द लाई अहिले नेपाली काँग्रेस (विपी)को सुदुरपश्चिम प्रदेशको उपसभापतिको जिम्मेवारी दिएको छ । नेपाली काँग्रेस (विपी)का बरिष्ठ उपसभापति पछिल्ला दिन हरुमा नेपाली काँग्रेस (विपी)मा आवद्ध हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

Loading...