धनगढीमा पार्कीङ्ग गरेको ट्रेक्टरमा आगजनी

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी भएको छ । मंगलबार राती धनगढी वडा नम्बर ६ जालीका करण चौधरीको घर अगाडी राखेको ट्रेक्टरमा नचिनेका समुहबाट आगजनी भएको हो ।

Dadeldhura hospital

नयाँ अनटेष्ट लेखिएको ट्रेक्टरको जलेर बाहिरी भाग नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रबक्ता प्रहरी नायव उपक्षिक बेदप्रकाश जोशीले जानकारी दिए । निर्माण व्यबसायी समेत रहेका करण चौधरीको संगै रहेका अन्य सवारी साधन भने आगलागी हुनबाट जोगिएको बताईएको छ ।

Navadurga sun
Godawari sandesh

राती एक्कासी ट्रेक्टरमा आगजनी भएको देखेपछि छिमेकी र स्थानीयको सहयोगबाट आगलागी नियन्त्रणमा आएको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भई आगजनी व्यक्तीको खोजि कार्य भैरहेको छ । आगजनी गर्ने जंगल क्षेत्रबाट आएको र आगजनी गरेको सिसि टिभी फुटेजमा देखिएको छ ।

Loading...