मुम्बई उड्न लागेको जहाज रोकेर समातिएका व्यवसायी छुटे

धनगढी- भारतको पञ्जाबबाट करोड बढी मूल्यको सुन चोरीको प्रकरणका आरोपी छुटेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछानेसहितका ६ जना मंगलबार छुटेका हुन् ।

लमिछानेलाई प्रहरीले काठमाडौंको त्रिभुवन विमानस्थलबाट मुम्बई जान लाग्दा जहाज रोकेर पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जिल्ला प्रशासन कार्यालय कैलालीले १०/१० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएपछि धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बुधबार (आज) मात्र प्रेस विज्ञप्ती मार्फत सो सम्बन्धमा विस्तृत विवरण सार्वजनिक गर्ने बताए ।

सुन व्यवसायी लामिछानेलाई प्रहरीले गत १८ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । उनी चोरीको सुन खरिदमा संलग्न भएको प्रहरीले दाबी गरेको थियो । उनीसँगै पक्राउ परेका अन्यको परिचय भने अझै खुलाइएको छैन ।

Loading...