कैलाली क्षेत्र नंं. ४ कांग्रेसलाई सुनौलो अवसर : पूर्व केन्द्रिय सदस्य भण्डारीको दाबी

अत्तरिया, २३ साउन- सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभाको निर्वाचनका लागी मिति घोषणा गरेसंगै राजनीतिक दल र तिनका नेता कार्यकर्ताहरुले चुनावी गतिविधिहरु संञ्चालन गर्ने थालेका छन् ।

स्थानीय निकायको निर्वाचन सम्पन्न भए पश्चात राजनितीक दलहरु आफ्नो परिधि कुन रुपमा अघि बढाउछन् भन्ने कुरामा सबैले चासो दिदै आएका थिए । नेपाली काँग्रेसले नेतृत्व गरिरहेको सत्तारुढ पाँच दलले आगामि निर्वाचनमा सहमती गरे संगै नेकपा एमालले पनि अन्य साना दलहरुलाई साथमा लिएर अगाढी बढ्ने सम्भावना छ । निर्वाचनको मिति घोषणा भए संगै विभिन्न क्षेत्रहरुले नेताहरुले आफ्नो उमेरदवारीको घोषणा गर्ने थालेका छन् ।

Navadurga sun
Godawari sandesh

कैलाली क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका तर्फबाट बलियो उमेरदवारका रुपमा कांग्रेसका पुर्व केन्द्रिय सदस्य सुनिल कुमार भण्डारीले आफ्नो दाबी रहने बताएका छन् । विंं सं.२०२६ साल देखी नेपाली कांग्रेसको राजनीतीक यात्रा प्रारम्भ गरेका भण्डारीसंग पार्टीको विभिन्न पदमा रहि लामो समय काम गरेको अनुभवहरु रहेका छन् ।

Dadeldhura hospital

सुदुरपश्चिमको प्रमुख केन्द्रका रुपमा हेरिने क्षेत्र नं. ४ मा आगामी निर्वाचनमा कांगे्रसका तर्फबाट साझा उमेरदवारका रुपमा भण्डारी निर्वाचनमा होमिने सम्भावना छ ।

गत निर्वाचनमा बाम गठबन्धनका उमेरदवार लेखराज भट्टसंग पराजित भएका भण्डारी यो पटक भने सजिलै पराजित गर्ने दाबी गरेका छन् । कांग्रेस भित्र सबै एकबद्ध भएको बताउदै भण्डारीले आफूहरुको साझा उदेश्य भनेकै चुनाव जित्नु बताएका छन् ।

‘हामि सबै साथिहरु एक ठाउँमा छौ, सल्लाह गरी जित्ने उदेश्यका साथ चुनावमा होमिने छौ’ उनले भने । लामो समय राजनीतिमा खर्चिएका कांग्रेस नेता भण्डारी सो क्षेत्रमा पाका नेता र सबैलाई मिलाएर लैजान सक्ने स्वच्छ छवी भएका नेताका रुपमा चिनिन्छन् । ‘स्थानीय मुद्धालाई पहिलो प्राथमिकतामा राखेर जनताका माझ रहेर काम गर्ने इच्छा छ, नेता भण्डारी थप्छन् विश्वास छ पार्टीले मलाई नै चुनावका लागी मैदानमा उतार्नेछ ।’ पार्टीेले आफूलाई नै टिकट दिने विश्वास व्यक्त गदै कांग्रेस नेता भण्डारीले पार्टीको निणर्यलाई आत्मासाथ गर्ने बताएका छन् ।

नेता भण्डारीले आत्मा विश्वास देखाए जसरी चुनावमा उत्रीए भने उनको पहिलो चुनौती भने सबैलाई मिलाएर लैजानु नै रहने छ । आन्तरिक रुपमा सबै साझा रहेको सन्देश स्थानीय निर्वाचनमा देखाएको कांग्रेसलाई यो पटक सो क्षेत्रमा प्रतिनिधि सभाको निर्वाचनमा विजयको झण्डा फहराउन भने सुनौलो अवसर हुने छ ।

Loading...