त्रिनयनले एक बर्ष पुरा गरेको उपलक्ष्यमा स्मृति र दिमाग शक्ति प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो
अत्तरिया, ३० चैत– त्रिनयन नेपालले आफ्नो एक वर्ष पुरा गरेको उपलक्ष्यमा स्मृति र दिमाग शक्ति प्रशिक्षण “परीक्षामा उच्च अंक प्राप्त गर्नुहोस्” (Memory and mind power training “score High marks in exam”) भन्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरेको छ । धनगढीमा रहेको रिद्दिसिद्दि पार्टि प्यालेसमा बुधबार एक कार्यक्रमका बिच उक्त कार्यक्रम सम्पन्न गरेको हो ।



उक्त एक दिने निःशुल्क कार्यक्रममा डा.नवल पजियारले प्रशिक्षण कार्य गर्न भएको कार्यक्रममा करिव ५ सय जनाको सहभागी रहेको थियो ।
कार्यक्रममा मुख्य प्रायोजकको रुपमा इडुपल नेपाल, प्रायोजकमा मालिकार्जुन हार्डवयर, अफिसियल पार्नरमा zoom production र सहयोगीमा नोभा अस्पताल र नवजीवन सहकारी रहेको थियो । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा स्वागत मन्तव्यत त्रिनयनका सदस्य सुरज खड्का र शुभकामना मन्तव्य समाज सेवि युवा ब्यवसायि धर्मराज जोशी र इडुपल कि प्रतिनिधि सुनिता बोहराले दिएकी थिइन ।
कार्यक्रममा अत्तरिया र धनगढीका विभिन्न स्कुलका एसइइ विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।