महाकाली नदीले सतर्कताको तह पार गर्‍यो, बाढीले भीमदत्तका १५ घर डुबे

अत्तरिया, ५ असार– महाकाली नदीले सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्न लागेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । शनिबार बेलुका ६ बजे जारी सूचनामा महाकाली नदी जलाधारमा थप वर्षा हुने पूर्वानुमान भएकाले तल्लो तटीय क्षेत्रमा सतर्क हुन आग्रह गरिएको हो ।

तल्लो तटीय क्षेत्रमा डुबान भैरहने होचा स्थानहरुमा भोलि बिहानैसम्म सतर्कता अपनाउन भनिएको छ । महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका १२ का १५ घर डुबानमा परेका छन् । सो नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी गाउँ पसेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयबासी सुरेन्द्र मल्लले जानकारी दिए । ‘बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ भनेका थियौँ । त्यतिबेला कसैले सुनेनन्’ उनले भने, ‘अहिले गाउँ नै डुबानमा पर्‍यो ।’ महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्त नगरपालिका वडा नं. १२ का वडाध्यक्ष कृष्णसिंह देउपाले बताए । नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान सुरु गरेको छ । अहिलेसम्म बाँधमा झण्डै १० मिटर कटान गरिसकेको छ । कटान नियन्त्रण गर्न आपतकालीन तटबन्धको काम थालिएको छ ।

Dadeldhura hospital

तारजालिमा ढुङ्गा भरेर कटान रोक्ने प्रयास भइरहेको पिके निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेले जानकारी दिए। भीमदत्त नगरपालिका वडा नं. १३ का वडाध्यक्ष लालबहादुर शाहीले सडक भत्किएपछि आवातजावत बन्द गरिएको जानकारी दिए । गड्डाचौकीदेखि महाकाली नदीको पुलसम्म ६ लेनको पक्की सडक निर्माणाधीन छ । सडक भत्किएपछि बाढी बस्तीमा आउने त्रास बढेको छ ।महाकालीमा पानीको बहाव बढेपछि नदी किनारका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

नदीमा जति बेला पनि पानीको मात्रा बढेर धनजनको क्षति हुने जनाउँदै नदीमा दाउरा सङ्कलनका लागि नजान र सचेत भएर बस्न सतर्क गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । नदीको भँगालोले खल्ला भएर ब्रह्मदेब जाने बाटो अवरुद्ध हुन पुगेको छ । बाटोसम्म पानी भरिएपछि स्थानीयको आवतजावत रोकिएको छ ।

सो नदीमा पानीको बहाव बढेपछि खल्ला भएर ब्रह्मदेब आउने नदीको भँगालो बाटोसम्म पुगेको छ । भँगालो बाटोसम्म पुगेपछि आवतजावत रोकिएको रेडक्रसकर्मी करबीर चन्दले बताए । भीमदत्त नगरपालिका वडा नं. ९ मा पर्ने खल्ला सहित टुँडिखेल र मुसेट्टी महाकाली नदी किनारमा छन् । तीन बस्तीमध्ये मुसेट्टी र खल्लामा महाकाली नदीको बाढी बस्तीमा पस्ने खतरा हुन्छ ।

यसैविच महाकाली नदीमा पानी प्रवाह बढेपछि दोधारा चाँदनी नगरपालिकामा जोखिम बढेको छ । नगरपालिकाकाको वडा नं. १० का कुतियाकवर र शान्ति टोल क्षेत्रमा बाढीको खतरा बढेको छ । नदीको प्रवाहले जोगबुडा नदी थुनिएर शान्ति टोल डुबानमा परेको छ । जोगबुडा नदी थुनिएपछि कुतियाकवरमा पनि बाढी पस्ने चिन्ता बढेको छ ।

Loading...