

धनगढी, २१ साउन– मानव अधिकारको क्षेत्रमा कार्यरत प्रमुख मानव अधिकारवादी संस्था एम्नेष्टि ईन्टरनेशनल नेपाल अन्तर्गत रहेको ऐश्वर्य युथ नेटवर्कको दोश्रो साधारणसभा धनगढीमा सम्पन्न भएको छ ।सो साधारण सभाबाट संयोजकमा सुरज खड्का निर्विरोध रूपमा निर्वाचित भएका छन ।



त्यसैगरी सह संयोजकमा दीपा चन्द र दिप्रेन्द्र जोशी, सचीवमा जेसिका बिनाडी कोषाध्यक्षमा निरज भट्ट सहित १३ जनाको कार्यसमिति निर्वरोध रुपमा निर्वाचित भएका छन ।


युवाहरुमा मानवअधिकार सम्बन्धि सचेतना जगाउदै विभिन्न क्षेत्रमा मानवअधिकार हननका घटना विरुद्ध सशक्त आवाज उठाउने उद्देश्यले आजभन्दा तीन वर्ष अगाडि सो नेटवर्कको गठन गरिएको थियो । स्थापना देखि नै सो नेटवर्कले मानवअधिकार क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि ऐश्वर्य विद्या निकेतनका प्रधानाध्यापक प्रेमनिधि ओझा रहनु भएको थियो भने विशिष्ट अतिथि एम्नेष्टि ईन्टरनेशनल नेपाल समुह ४४ का सचिव ओम प्रकाश पाण्डेय रहेका थिए । ऐश्वर्य बिद्या निकेतन बिज्ञान संकायका संयोजक बद्री पौडेल लगायतको सहभागिता रहेको थियो ।

