कैलालीको घोडाघोडीमा विद्युत् सर्ट हुँदा एक घरमा आगलागी

धनगढी– कैलालीको घोडाघोडीमा विद्युत् सर्ट भएर एक घरमा आगलागी भएको छ। कैलालीको घोडाघोडी नगरपालिका–१० घुम्नीभाकलमा राति एक घरमा आगलागी भएको स्थानीयले जानकारी दिएका छन्।  विद्युत् सर्ट भएर स्थानीय नेत्र चौलागाइँको घरमा आगलागी भएको स्थानीय दधिराम चौलागाइँले जानकारी दिए।

राति १ बजेतिर विद्युत् पड्केको आवाज सुनिएपछि घरमा आगलागी भएको र स्थानीयले निभाउने प्रयास गरेको उनले बताए। आगलागीबाट घरमा राखेको अन्न, नगद, अत्यावश्यक कागजात सबै जलेर नष्ट भएको बताइएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...