सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षा

काठमाण्डौ- पछिल्लो तीन घण्टामा वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । देशका अरु ठाउँमा पनि लगातारजसो पानी परेको छ । विशेषगरी काठमाण्डौको सुन्दरीजल, सिन्धुपाल्चोकको मेलम्ची र पर्साको ठोरी आसपासको क्षेत्रमा ठूलो पानी परेको मौसमविद् मञ्जु बासीले जानकारी दिए ।

Dadeldhura hospital

उनका अनुसार पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको मेलम्चीमा ३० मिलिमिटर पानी परेको छ, काठमाण्डौको सुन्दरीजलमा २४ मिलिमिटर र पर्साको ठोरीमा ३८ दशमलव २ मिलिमिटर पानी परेको छ ।

Navadurga sun
Godawari sandesh

अरु केही ठाउँमा पनि भारी वर्षा भएको तर मौसम विज्ञान विभागको आकाशको पानी मापन गर्ने यन्त्र नभएकाले विवरण प्राप्त गर्न नसकिएको पनि बासीले बताए । यस्तै अहिले भने प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ ।

आज दिउँसो हिजोजस्तै एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना छ । तर लगातार झरी पर्ने सम्भावना भने छैन । आज राति मध्य र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Loading...