कार्यसम्पादन मूल्यांकनमा बैतडी प्रशासन कार्यालय दशौँ

बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडी कार्यसम्पादन मूल्यंकनका आधारमा देशभरमै उत्कृष्ट १० भित्र परेको छ। गृह मन्त्रालयले सार्वजनिक गरेको देशभरका जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकन हेर्दा बैतडी १० औँ नम्बरमा परेको हो।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७८्७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्यांकन समितिले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनअनुसार बैतडी १० औँ नम्बरमा परेको हो।

Navadurga sun

जिल्ला प्रशासन कार्यालय पहिलोपटक उत्कृष्ट १० भित्र परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। दुई वर्षअघि बैतडी १२ औँ नम्बरमा पुगेको थियो।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद्जोखिम न्यूनीकरण, मुद्दाको फर्छ्योटलगायतका आधारमा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट १० भित्र परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

कार्यसम्पादन मूल्यांकनमा गुल्मी देशभरिको पहिलो नम्बरमा छ। सुदूरपश्चिम प्रदेशको डडेल्धुरा पनि उत्कृष्ट १० भित्र परेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...