कैलालीमा बाघ आयो, चर्दै गरेका बाख्रा खायो

धनगढी- कैलालीमा बाघले २१ बाख्रा मारिदिएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–७, कुईने गाउँमापर्ने कालिका सामुदायिक वनको संरक्षण क्षेत्रमा चराउन लगेको अवस्थामा बाघले बाख्रा मारेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार स्थानीय कर्मराज मिजारका ६ वटा खसी र चार वटा बाख्रा, नविन बडुवालको चार बोका र चार बाख्रा, पहिला बिटालुका दुई वटा बाख्रा, सावित्रा बडुवालको एउटा बाख्रा बाघले मारिदिएको छ।

Navadurga sun

केही समय यता सो क्षेत्रमा बाघले बाख्रा मार्न थालेपछि स्थानीयहरु त्रसित भएका छन्। बाघका कारण स्थानीयहरु जंगलमा बाख्रा चराउन समेत डराइरहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...