१२ को परीक्षा दिएर बसेकाहरुका लागि करियर स्टेसनले ल्यायो सुर्वण अबसर

काठमाडौ, १६ साउन– काठमाडौको नयाँ बानेश्वर स्थित बुद्धनगरमा रहेको करियर स्टेसनले कक्षा १२ को परीक्षा दिएर बसेका बिधार्थीहरुका लागि सुवर्ण अबसर ल्याएको छ । आफ्नो उज्बल भविष्यको खोजी गरिरहेका बिधार्थीहरुलाई कक्षा १२ उतिर्ण पछि स्नातक तहमा कुन बिषय लिएर पढ्ने र आफुले चाहेको बिषय कसरी रोज्ने भन्ने बिषयमा करियर स्टेसनले भावी रणनिति र योजनामा निशुल्क रुपमा परामर्श करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरेको छ ।

यही साउन २० गते अगस्त ५ शुक्रवारका दिन डिडिआइ ब्यङ्किटमा आयोजना हुने कार्यक्रममा विभिन्न बिधामा सफल रहेका ब्यक्तिहरुवाट प्रशिक्षण दिनुका साथै आवश्यक काउन्सिलिङ गरिने करियर स्टेसनका प्रबन्ध निर्देशक हेम भट्टले जानकारी दिए ।

Navadurga sun

यो कार्यक्रम बिधार्थीहरुलाई नै लक्षित गरेर भैरहेकाले आफ्नो आगामी भबिष्य खोजिरहेका बिधार्थीहरुका लागि निकै लाभदायी रहेको उनले बताए । साथै आफूले पढ्न चाहेको कोर्षमा इन्ट्रान्स प्रिपिरेसन गरिरहेका लागि सिम्याट गरिरहेका सबै बिधार्थीहरुका लागि सिम्याट मक टेष्टको समेत आयोजना गरिएका छ ।

उक्त कार्यक्रममा सहभागिहरुका लागि निशुल्क खाना , खाजा र सरप्राइज गिफ्टहरुको व्यबस्था गरिएको प्रबन्ध निर्देशक भट्टले बताए । यो कार्यक्रम संचालकका लागि नयाँ बानेश्वर बुद्धनगरमा रहेको नेपालको पहिलो निजि कलेज कान्तिपुर इन्टरनेशनल कलेजले सहयोग गरेको हो । करियर स्टेसनमा अहिले बिबिए,बिएचएम,बिइटी जस्ता कोर्षको तयारीका लागि नयाँ सिम्याट कक्षाहरु पनि संचालन भैरहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...